साहित्य कुनै बिजुलीको चम्काइजस्तो क्षणिक अनुभूति र साधनाले लेखिन्न यो त काँडाबीच फूल्ने फूल हो जुन सर्जकले बाँचेको जिन्दगी भोगेको परिवेश र त्यसबाट मनोलेकमा परेको प्रभावको प्रतिफल हो, साहित्य । मानवमनको प्रवाहात्मक भावोच्छाल साहित्य भएकाले यसले सूक्ष्मातिसूक्ष्म अनूभूतिदेखी बृहतानुभूतिसम्मका वैविध्यपूर्ण भावानुभूतिलाई समेट्छ । साहित्यले जीवनको सक्रियता वा रचनात्मक उर्जा प्रदान गर्छ ।
यसले राजनितिक परिवर्तन पश्चात् देशको बाहिरी संसारसँग परिचित गराएर स्वाधिनता स्थापित गराउन सक्नुपर्छ । सशक्त अभिव्यक्ति सामार्थ्य तथा बौद्दिक गहिराईमा डुबेर प्राज्ञिक बिचारधारा द्धारा सामाजिक राजनिति लैङ्गिक आर्थिक समताको परिकल्पना गर्न सकिन्छ यसले सुदुरभविष्यगत जीवनविषयक चिन्तनको चित्रण गर्दछ । साहित्यले गहन अध्ययन र प्रामाणिक तथ्यका आधारमा निर्णय दिँदै गुण र दोषको सन्तुलित निरुपण गर्दछ । यसले विविध क्षेत्रमा हात हालि स्पष्ट र स्तरीय अभिव्यक्ति साथ तार्किक बौद्दिक प्रतिष्पर्धात्मक दृष्टिकोण राख्दछ । साहित्यको जीवन निर्भीक र स्पष्ट हुन्छ कुनै पनि कोणबाट सचेत र स्पष्ट हुनुपर्छ ।
साहित्यले नयाँ उषाको मिर्मिरे उज्यालोलाई निम्ताएर पृष्ठधारमा नयाँ बिहानिको प्रकाश छर्छ । यो तटस्थ रही तत्कालीन सङ्क्रमणशील परिवेशमा परिवर्तनप्रेमी र देशप्रतिको दायित्वपूर्ण भावाना प्रेरित रहनुपर्छ । देश समाजको शैद्धान्तिक मान्यतालाई मिसाई सामाजिक प्रवित्तिलाई प्रवृत्तिगत एवं शैली शिल्पगत विशेषतालाई खुट्याएर त्यसका मूल मर्मको उद्घाटन गर्ने कार्य गर्छ साहित्यले । समाजमा प्रभाव पार्ने कुनै पनि क्रान्...
तिको प्रत्यक्ष असर साहित्यमा पनि पर्ने गर्दछ । साहित्यमा युगीन विसङ्गति, विकृति, पीडा, असन्तुष्टि, चिन्ता, कुण्ठा, निराशा, विवशता, बाध्यता, जटिलता, अमानवीयता संवेदनहीनता, अशान्ति, हत्या हिंसा, आतङ्क, भय, सन्त्रास, युद्दविभीषिका आदिको अभिव्यक्ति हुनुपर्छ । साहित्य पूर्ण रुपमा समालोचनामा आधारित रही नवसृजनशीलतातर्फ डोर्याएर समालोचनात्मक गुणवत्ता असङ्ख्य नव सुचना दार्शनिक एवं बौद्दिक गहिराईमा पुगेर हरेक पक्षको वैध रुपमा लेखाजोखा गर्न सक्नुपर्छ । समयको प्रवाहमा इतिहास र साहित्य कहिल्यै पनि एकाएक परस्पर रहदैनन् कुनै युगको साहित्य त्यही देशको त्यही युगको शाश्वत विवरण हो । कुनै पनि जातिको वास्तविक समाज चित्रण इतिहासमा भन्दा साहित्यमा पूर्ण तथा सत्य पाईन्छ ।
साहित्य समाजको वास्तविक दर्पण हो यसले गहन अध्ययन र प्रामाणिक तथ्यका आधारमा निर्णय दिदैँ गुण र दोषको सन्तुलित निरुपण गर्न सक्नुपर्छ । समाज भनेको जीवन र जगत् हो भने साहित्य भनेको त्यस समाजमा बस्नेहरुको शैलि हो । साहित्यले बिभिन्न अध्ययनका क्रममा दीर्घविषयका रुपमा कुनलाई अँगाल्ने भन्ने वैचारिक अस्पष्ट मार्गलाई सङ्केत गर्दै कुनै पनि बाध्यात्मक परिस्थितिको नायकत्व स्वीकारेर अगाडि बढ्ने प्रेरणा दिन्छ । यसले व्यक्तिगत स्वावलम्बनको विकास र सम्मानको निर्णायकत्व स्वीकारेर पारिवारिक तथा सामाजिक यर्थाथका विविध पक्ष उद्घाटन गर्ने सकारात्मक "स्टिमुलस" प्रदान गर्छ । मानिस शरीर, मन र हृदय तीनै किसिमले निरोगी भए मात्र पूर्ण स्वस्थ रहन्छ साहित्यको रसपानले यि तिनै चिज स्वस्थ रहन सदैव मद्दत गर्छ । साहित्य सामाजिक पर्यावरणको दर्पण हो साहित्यजगत् वास्तविक संसारदेखी एकदम पृथक हुन सक्दैन । समाजमा सकारात्मक सन्देश दिने साहित्यमा क्रान्ति ल्याउन सामाजिक मर्यादाको दाम्लोले साहित्यलाई कस्न नहुने कुरामा कसैको दुइमत नहोला ॥
इति श्री !
इति श्री !
गजब
ReplyDelete