Monday, December 10, 2012

साहित्य समिक्षा

साहित्य कुनै बिजुलीको चम्काइजस्तो क्षणिक अनुभूति र साधनाले लेखिन्न यो त काँडाबीच फूल्ने फूल हो जुन सर्जकले बाँचेको जिन्दगी भोगेको परिवेश र त्यसबाट मनोलेकमा परेको प्रभावको प्रतिफल हो, साहित्य । मानवमनको प्रवाहात्मक भावोच्छाल साहित्य भएकाले यसले सूक्ष्मातिसूक्ष्म अनूभूतिदेखी बृहतानुभूतिसम्मका वैविध्यपूर्ण भावानुभूतिलाई समेट्छ । साहित्यले जीवनको सक्रियता वा रचनात्मक उर्जा प्रदान गर्छ ।

यसले राजनितिक परिवर्तन पश्चात् देशको बाहिरी संसारसँग परिचित गराएर स्वाधिनता स्थापित गराउन सक्नुपर्छ । सशक्त अभिव्यक्ति सामार्थ्य तथा बौद्दिक गहिराईमा डुबेर प्राज्ञिक बिचारधारा द्धारा सामाजिक राजनिति लैङ्गिक आर्थिक समताको परिकल्पना गर्न सकिन्छ यसले सुदुरभविष्यगत जीवनविषयक चिन्तनको चित्रण गर्दछ । साहित्यले गहन अध्ययन र प्रामाणिक तथ्यका आधारमा निर्णय दिँदै गुण र दोषको सन्तुलित निरुपण गर्दछ । यसले विविध क्षेत्रमा हात हालि स्पष्ट र स्तरीय अभिव्यक्ति साथ तार्किक बौद्दिक प्रतिष्पर्धात्मक दृष्टिकोण राख्दछ । साहित्यको जीवन निर्भीक र स्पष्ट हुन्छ कुनै पनि कोणबाट सचेत र स्पष्ट हुनुपर्छ ।
साहित्यले नयाँ उषाको मिर्मिरे उज्यालोलाई निम्ताएर पृष्ठधारमा नयाँ बिहानिको प्रकाश छर्छ । यो तटस्थ रही तत्कालीन सङ्क्रमणशील परिवेशमा परिवर्तनप्रेमी र देशप्रतिको दायित्वपूर्ण भावाना प्रेरित रहनुपर्छ । देश समाजको शैद्धान्तिक मान्यतालाई मिसाई सामाजिक प्रवित्तिलाई प्रवृत्तिगत एवं शैली शिल्पगत विशेषतालाई खुट्याएर त्यसका मूल मर्मको उद्घाटन गर्ने कार्य गर्छ साहित्यले । समाजमा प्रभाव पार्ने कुनै पनि क्रान्...
तिको प्रत्यक्ष असर साहित्यमा पनि पर्ने गर्दछ । साहित्यमा युगीन विसङ्गति, विकृति, पीडा, असन्तुष्टि, चिन्ता, कुण्ठा, निराशा, विवशता, बाध्यता, जटिलता, अमानवीयता संवेदनहीनता, अशान्ति, हत्या हिंसा, आतङ्क, भय, सन्त्रास, युद्दविभीषिका आदिको अभिव्यक्ति हुनुपर्छ । साहित्य पूर्ण रुपमा समालोचनामा आधारित रही नवसृजनशीलतातर्फ डोर्याएर समालोचनात्मक गुणवत्ता असङ्ख्य नव सुचना दार्शनिक एवं बौद्दिक गहिराईमा पुगेर हरेक पक्षको वैध रुपमा लेखाजोखा गर्न सक्नुपर्छ । समयको प्रवाहमा इतिहास र साहित्य कहिल्यै पनि एकाएक परस्पर रहदैनन् कुनै युगको साहित्य त्यही देशको त्यही युगको शाश्वत विवरण हो । कुनै पनि जातिको वास्तविक समाज चित्रण इतिहासमा भन्दा साहित्यमा पूर्ण तथा सत्य पाईन्छ ।

साहित्य समाजको वास्तविक दर्पण हो यसले गहन अध्ययन र प्रामाणिक तथ्यका आधारमा निर्णय दिदैँ गुण र दोषको सन्तुलित निरुपण गर्न सक्नुपर्छ । समाज भनेको जीवन र जगत् हो भने साहित्य भनेको त्यस समाजमा बस्नेहरुको शैलि हो । साहित्यले बिभिन्न अध्ययनका क्रममा दीर्घविषयका रुपमा कुनलाई अँगाल्ने भन्ने वैचारिक अस्पष्ट मार्गलाई सङ्केत गर्दै कुनै पनि बाध्यात्मक परिस्थितिको नायकत्व स्वीकारेर अगाडि बढ्ने प्रेरणा दिन्छ । यसले व्यक्तिगत स्वावलम्बनको विकास र सम्मानको निर्णायकत्व स्वीकारेर पारिवारिक तथा सामाजिक यर्थाथका विविध पक्ष उद्घाटन गर्ने सकारात्मक "स्टिमुलस" प्रदान गर्छ । मानिस शरीर, मन र हृदय तीनै किसिमले निरोगी भए मात्र पूर्ण स्वस्थ रहन्छ साहित्यको रसपानले यि तिनै चिज स्वस्थ रहन सदैव मद्दत गर्छ । साहित्य सामाजिक पर्यावरणको दर्पण हो साहित्यजगत् वास्तविक संसारदेखी एकदम पृथक हुन सक्दैन । समाजमा सकारात्मक सन्देश दिने साहित्यमा क्रान्ति ल्याउन सामाजिक मर्यादाको दाम्लोले साहित्यलाई कस्न नहुने कुरामा कसैको दुइमत नहोला ॥
इति श्री !

Sunday, November 4, 2012

म भित्रको तिमी !

                                                       
       
     जीवन र तिमी पर्यायवाची । तिमी जीवन मेरो, मेरो सबथोक म त केबल त्यही जीवन बाँच्ने एउटा सानो आधार । प्रत्येक साँझ आखाबाट आशु त्यो आशु खुसीको हो या दुःखको ठम्याउन कठिन । मन मुटुमा मात्र तिम्रो प्रतिविम्व अनि आँखामा तिम्रो आभास । निदाउन गाह्रो छ, दाया बाया छट्पटिन्छ मन । मन एउटा अचम्मको चिज, खै के हो बयान गर्न गाह्रो । अनि त्यहि मनमा तिमी निश्चयका साथ, दृढ मन । कहिलेकाँही सोच्छु, अनायसै मुटुमा चिसो पसेजस्तो कतै केहि नराम्रो हुने आशंका । मन डराउछ, आत्तिन्छ । मनलाइ बुझाउन कठिन छ । कहाँ त्यति सजिलै यो मन मान्छ र तिम्रो याद बिना बस्न । अनि सधै एउटै आवाज आइरहन्छ मनको कुनै कुनाबाट तरङ्गीत भएर । अनि मन, मुटु र मस्तिष्कमा त्यहि आवाजको प्रतिध्वनि गुन्जीरहेको, आभास । चाहेरपनि त्यो शब्द अर्थात तिमीलाई भुल्न यो मनले निर्देशन दिदैन, किनकी मलाइ थाहा छ ति शब्द त मेरो जीवन हो कहाँ त्यति सजिलै जीवनलाइ मायाँ मार्न सकिन्छ र । तिमी त मेरो मुटु हौ ,जीवन हौ । अनि बिना जीवन म कसरी पुरा हुन सक्छु । जीवन र मुटु बिना त म अर्थहिन छु...
          भविश्यमा केहि गर्छु भन्ने चाहाना ,त्यो चाहानामा साथ दिने तिम्रो साथ, हौसला, आँट र भरोसा । विश्वास र भरोसा नै जीवनको ठूलो कुरा हो । बीना विश्वास र भरोसा जीवन निरर्थक छ । निरर्थक जीवन बाच्नुको के सार । तिमी मेरो शक्ति, मेरो सहनशीलता, मेरो आँट र सपना अनि तिम्रो सपना पुरा गर्ने मेरो ठुलो सपना । तिम्रो दुःखमा म सबभन्दा बढि दुःखी अनि खुसीमा म नै बढी । मेरो मायाले संसार भुलाउने चाहाना र दृढ विश्वास पनि । विहानको प्रभातकालिन घामसंगै शीत झैं पवित्र तिम्रो आवाज अनि संध्याकालीन समयमा तिमी । खै, किन हो म अचम्म छु । आफूले आफैलाइ चिन्न गाह्रो । अनि फेरी सोच्छु म त अब म रहिन कसैको भएछु । रमाइलो लाग्छ एकान्तमा बस्न आजकल । एकान्त नै प्यारो लाग्छ, एकान्तमा तिमी म संगै जस्तो ,म संगै मेरो नजिक । तिमी बोल्दा मनमा फूल फूल्छ, जुन फूल पवित्र छ, कोमल छ तिम्रै प्रतिनिधित्व । तिमी संगै हाँस्ने, रमाउने, रुने चाहाना अनि मेरो चाहानामा तिम्रो पूर्ण साथ र धैर्यता । लाग्छ, धैर्यता र सहनशिलताको प्रतिमूर्ती, तिमी । मेरो आटमा आट थप्ने, तिमी । सुन्छु, मानिस प्रेममा ज्यान गुमाउन तयार हुन्छन रे तर पत्यार लाग्थेन । आजकल म पनि महसुस गर्छु किन यस्तो आखीर... परिभाषित गर्न गाह्रो । जसरी शब्द भण्डारको शब्द शब्दमा मिठास छ त्यसरि नै हाम्रो मायाँमा मिठास छ भन्छौ तिमी । बुझ्न कठिन तिम्रो व्यवाहार क्षणमा खुसी क्षणमा दुःखी । कहिले बच्चाको जस्तो हठ अनि कहिले बुझकि को जस्तो कुरा । म आफूले आफैलाइ घमन्डीपनाको दर्जामा उभ्याउन पुगेको महसुस गर्छु । थाहा छैन किन यस्तो जिद्दीपना । सायद तिम्रै कारण, तिमी अलग छौ अरु भन्दा फरक । तिम्रो आगमनले मनको अन्धकारको कालो पर्दालाई च्यातेर उज्यालो संसारलाई दृष्टिगोचर गराइदिएको छ । यो वातावरण या बाहिरी संसारमा तिम्रो प्रतिबिम्ब खोज्दा कतै आफैलाई विर्सिरहेको अनुभब गर्छु । भनिन्छ, मानिसको मनोविज्ञान बुझ्नु गाह्रो कुरा हो तर म त त्यस कुरामा सफलता प्राप्त गरेको महशुस गर्छु । म आफूलाइ सामान्यिकरण गर्छु अनि जीवनको पीडालाई साधारणीकरण गर्न तिमीबाट नै सिकेको जस्तो लाग्छ । मैले तिम्रो नामको भजन गाएको होइन न त प्रशंशा नै गरेको छु । मनको कुरा शब्द र अक्षर मार्फत पोखिदिएको मात्र हो ।
            भावना शून्य भएर कल्पना गर्छु, अनि फेरी सोच्छु सम्झन्छु आकाश जस्तै गहिरो, कालो र स्निग्ध तिम्रो अनुहार । अत्याहटको सानो वेगमा संयमलाई विर्सेर हृदयको स्पष्ट ध्वनि बाहिर सम्म गुन्जीरहेको आभास हुन्छ । अनि खोज्छु तिमीलाई आफनो संसारमा । पाउदिन तिमीलाई अनि एक किसिमको मुस्कान अनुहारमा छरिन्छ । रमाइलो अनुभवले डेरा जमाउछ मनमा । आडम्बरको सम्पन्नताभन्दा सत्यको दुःख नै प्यारो हुन्छ । कठिनाइले डर ल्याउने, भ्रममा स्पस्टता खोज्ने्, कठिनाइमा पहाड नाघ्ने दृढ सहास राखेर जीवनको लक्ष्यतर्फ अघि बढ्न तिमीबाट नै सिकेको हँु । दुःखको आंशुबाट सुखको फूल फूलाउने पवित्र प्रोत्साहन तिम्रै देन हो । तिम्रो सामिप्यताले मेरो मनमा आत्मिय उचाई प्राप्त भएको छ । मनमा अनौठो समिकरण छ, कहिले सुख, कहिले दुःख, कहिले रोदन कहिले हासो । जीन्दगी पूर्णता र अपूणताको संयोग रहेछ । समीक्षा गर्न गाह्रो छ, जीवनको परिभाषा । फरक–फरक मत फरक–फरक दृष्टिकोण । मत मतान्तर विद्यमान छ प्रत्येक व्यक्तिमा आफनो परिचय आफूले खाज्ने होडमा । मेरो परिचय, पहिचान, मेरो सवथोक तिमी मात्र तिमी व्यापक स्वीकार्यताकासाथ, दृढमन । परिवर्तनपछि अवश्य नै आशा र सम्भावनाको निर्भिक सास फेर्न सकिन्छ । म भित्र पनि परिवर्तन आएको छ, कतै कुनै कुनाबाट कुनै क्षेत्रमा । त्यहि कारण भित्रि अन्तरआत्मामा सकारात्मक यथार्थताले मूर्मता पाएको छ । तिमी प्रति मेरो असिम स्नेह छ । त्यहिकारण होकि तिमीबाट टाढा हुने कुरा मेरो लागि सह्य छैन । टाढा हुने कुरा सुन्दामात्र अपनत्वरुपी अश्रुबर्षा हुन्छ । सहन गाह्रो कल्पना गर्दा समेत । अचम्ममा छु थाहा छैन, किन यस्तो आखिर... म कतै कुनामा बसेर खुला आकाशको अनुभुति गरिरहेछु । तिम्रो बयान गर्ने क्षमता म भित्र न्यून छ । तिमीलाइ कुनै छन्दमा सुक्तिमय पाराले कथ्यको सोदाहरण सहित पुष्टि गर्ने तार्किक शैलि म मा छैन । तिमी भित्रको म, म त केबल तिमी भित्र समाएको सानो अंश । अब त तिम्रो भावनालाइ लत्याउने पाषाणरुपि मन म मा छैन । आजकल कतै कहि भिड अनुभव हुदा मेरो आँखा तिम्रो प्रतिरुप खोज्छ यताउता चारैतिर । म भित्र व्यथा छ , उन्माद छ अनि आँट पनि । त्यहि आट जुन तिम्रो लागि साचेको छु । लाग्छ, तिमी एउटा सिर्जित साहित्य हौ जुन सर्जकले बाचेको जीन्दगी, भोगेको परिवेश र मनको प्रभाव हो । मनमा खन्डन मन्डन चलिरहेको छ । तिम्रो अस्तीत्व मेरो जीवनमा त्रुटि रहित साफि लेखन गरिरहेको छु । साथै मनोभावना बोधक्षमताकासाथ मनको डायरीमा लिपिबद्ध गरिरहेछु । मेरो व्यक्तिवृत तिमी, तिम्रो बारेमा धेरै लेख्ने चाहाना अनि सोच्छु तिमी त जीवन जीवनको अर्थ र परिभाषा त लामो र अन्त्यहिन छ । त्यसैले यस लेखलाइ पनि पूर्णविरामले पूर्णविराम नगरिकन अल्पविरामले समापन गरिरहेको छु,