जसरी नदीहरू समुन्द्रको खोजीमा
आफूभन्दा गहिरोपना खोज्छन्
त्यसरी नै मेरो
आत्मा तिम्रो प्रतिबिम्ब
खोज्छ;
धेरै टाढा
बगीरहेको नदी
एक्लै आफ्नै वेगमा
एक्लोपना
मात्र एक्लोपना ।
जसरी पवित्र फूल
आफूलाई घामको किरणमा समाहित
गर्छ
अनि आफूलाई उसँगै आरोपित
गर्छ;
फक्रिएर तन्किएर,
त्यसरी नै मेरो
मुटु विस्तारीत हुन्छ
तिम्रो आवाजको समुद्घाटन संगै
म र तिमी
मात्र पवित्र साथ ।
जसरी प्रभातकालीन शीत देखिन्छ
घामको साथमा पनि पवित्र
र स्वच्छ
त्यसरी नै मेरो
आत्मा सम्रपित छ;
तिमी प्रति
तिम्रो माया र
भावनाप्रति ।
जसरी शीतले कुनै दाग
छोड्दैन
बिलाएर जाँदा हराएर जाँदा
पृथिवीको बाहिरी पत्रमा
म संग पनि
छैन कुनै छलकपट
तिमी र तिम्रो
लगावप्रति ।
नदीलाई थाहा हुन्छ
उसको गन्तव्य
शीतको उद्देश्य निश्चित छ
फूलको पहिचान र कला
निर्धारित छ
सबै आफ्नै समयमा;
न अघि न
पछि
म पनि सम्झन्छु
पूराना दिन
भेट्नेछु ति अतित
दु:खद अतित
आफ्नै समयमा
अन्त्य समयमा
पक्कै अन्त्यमा ।
No comments:
Post a Comment